अस्तित्वका अगाडि तिमी

जब क्षितिजकाे चन्द्रमाले अमृतकाे उज्यालाे सापटि लियेर सम्पुर्ण पृथ्वीलाई ज्युदाे बनाउछ अनि मात्र कैलाश काे काेखमा भुईप्राणीले काेक्राेबाट कठालाे उचाे बनाउछ ।।

रजनीकाे मञ्जरीमा बसेर ज्ञान र विज्ञानकाे ध्वाश दिनेलाई पनि सुन्दर समयकाे कालले अहोरात्र भय दियेकै छ क्यारे ।। 

पखेटा पलायेकाे विज्ञान ले नि मृत्युका अगाडि लम्तन्न परेर सास्टाङ्ग प्रणाम नगरी कहाँ हुन्छ र । चन्द्र मा जाउ चाहे मङ्गलमा जाउ के नै   भाे र यी त फगत पानीकाे क्यानभासमा काेरियेका चित्र जस्तै न हुन् ।।

तिमी भनेकाे केवल क्यानभासमा चित्र काेर्न पाेतिने रङ्गहिन मसी मात्र हाै ,अस्तित्व ले जता जता लत्पताउछ त्यतै लत्पतिएर बन्ने पानीकाे फाेका जस्ताे  आकृति न हाै, कहिले जन्म र कहिले मृत्युरुपि कुचिद्वारा कुचलिई रहन्छाै ।।

तिमी नित्य निरीह छाै भुत र भविष्यकाे झाताेमा पिसिई रहन्छाै वर्तमान त तिम्रा लागि क्षितिजकाे भास्कर समान मात्रै हाे ।

आत्मारतिका लागि तिमी आफुलाई जे भन त्याे माटाे या खरानी बन्ने तयारी भन्दा पर पुर्याउने उपलभब्धी हाेईन् ।।

तिमी बुद्ध बन या बुद्धु बन अस्तित्व का अगाडि

 त खरानी हुन जुगाँमा पलाएका चम्किला मुगाहरू जस्तै हाै ।।

तिम्राे चम्किलाेमा त्यति चमक छैन कि जसले मृत्यकाे ब्याल्याक हाेललाई पुर्न नै सकाेस् ।।

तिमी समयरुपि पाेखरीमा भ्यागुता बनेर आहाल खेल्दै जति ट्वार्र ट्वार्र गरे पनि अन्तिम गन्तव्य भनेकाे  कालरुपि अहिकाे आहारा त हाे नि।।

 अस्तित्वका अगाडि मार्क्सकाे छातिमा सिग्मण्डकाे याेवन हाेस् या भिन्चेकाे माेनालिसा के नै फरक पर्छ र आखिर दुवै चिताकाे गन्तव्य छाराे बन्नु न हाे ।।

तिमी वर्ण जाति लिङ्ग सभ्यता धर्म जे बनाउ  त्यसमा मनुकाे शिर लगाऊ या नित्सेकाे पैताला लगाउ के नै खास भाे र मृत्युका अगाडि मात्र तासकाे महल न हाे ।।

         एक अनाैठाे जाेगी